पुनर्निर्माण सक्न ६ खर्ब लाग्नेपुनर्निर्माण सक्न ६ खर्ब लाग्ने

काठमाडौं । ०७२ को विनासकारी भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापना गर्न थप ६ खर्ब लाग्ने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । आइतबार राजधानीमा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँगको छलफलमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो कुरा बताएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालु आर्थिक वर्षभित्र पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने उल्लेख गर्दै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको बताए ।

प्राधिकरणले पुनर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ । ०७३ साल वैशाखमा तयार पारिएको विपद् पश्चात्को पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो ।

पुनर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुकसहितका दातृ निकायले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँमध्ये ६७ अर्ब उद्धार तथा राहतसहितका कार्यक्रममा खर्च भई ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ ।

‘पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम जुटाउन पहल गर्छांै’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘पुनर्निर्माणका कामहरू अघि बढ्दै गर्दा आवश्यक रकम जुटाउन सहज हुनेछ ।’

अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रिर्ट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पुँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

मिसनमा एसिया प्रशान्त विभागका उपनिर्देशक केन्नेथ काङ, पुनर्निर्माण प्राधिकरणका सहसचिव पिताम्बर घिमिरे लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
दुई सय रुपैयाँको दही चोरीमा ७० हजारको डिएनए जाँच

एजेन्सी – ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चोर पत्ता लगाउन ७०

तपाई अघिल्लो जन्ममा कस्तो र के हुनुहुन्थ्यो ? जान्नुहोस्

काठमाडौं । दुर्इचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ । तपाईको राशिले तपाईको

अख्तियारले डामेपछि शक्ति केन्द्र धाउन थाले विक्रम पाण्डे, के सजिलै छाड्ला त अख्तियारले ?

काठमाडौं । के-के नै गरौंला भनेर २०७४ साउनमा सिंगो राप्रपालाई फुटाएर एक समुह बाहिरियो ।

एकै व्यक्तिले धेरैसँग शारीरिक सम्पर्क राख्दा के हुन्छ ?

काठमाडौं । पछिल्लो समय यौनजीवनका बारेमा थुप्रै अध्ययन र अनुसन्धान भएका छन् । भर्खरै मात्र

कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

काठमाडौँ – कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । यो समाचार आजको नयाँ पत्रिका