दोषीलाई छाड्दिन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका हत्यारालाई कुनै पनि हालतमा नछाड्ने आश्वासन दिएका छन् । निर्मला हामी सबैकी छोरी भएकाले उनलाई न्याय दिलाउन आफूले कुनै पनि कसर बाँकी नराख्ने उनले बताएका हुन् ।

निर्मलाका बाबुआमासँग सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले दोषी जोकोही वा जुनसुकै दलसँग सम्बन्धित भए पनि पत्ता लगाउने र नछोड्ने प्रतिबद्धता जनाए । करिब ४५ मिनेटसम्म चलेको भेटमा निर्मला पन्तकी आमाले आफूहरू न्याय माग्नका लागि काठमाडौं आएको बताउँदै निर्मला घरबाट निस्केदेखि अहिलेसम्मका घटना विवरण प्रधानमन्त्रीलाई सुनाइन्।

निकै चासोपूर्वक घटना र परिवारका सदस्यले राखेका कुरा सुनेका प्रधानमन्त्रीले दोषी पत्ता लगाउनकै लागि प्रहरी निलम्बनदेखि अनुसन्धानका लागि नयाँ टोली गठन गरिएको बताउँदै भने, ‘तपाईंहरूको पीडा मेरो पीडा हो ।’ निर्मलाको हत्या भएकै दिनदेखि वास्तविक अपराधीको खोजी गर्न प्रहरीलाई निर्देशन दिइएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘घटनाको वास्तविकता पत्ता लगाउन र दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि डिआइजीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ । केही प्रहरीहरूलाई निलम्बन गरिएको छ,’ उनले निर्मलाका बाबुआमालाई भने, ‘तपाईंहरू ढुक्क हुनुहोस् । घटनाको गहिराइसम्म पुगेर पनि निर्मलाका हत्यारा पत्ता लाग्छन्, उनीहरूलाई कानुनी कठघरामा उभ्याइन्छ ।’

प्रधानमन्त्री ओलीले निर्मलाको अभिभावक आफू पनि भएकाले घटनामा गम्भीर भएको बताएका छन् । ‘निर्मला मेरी पनि छोरी हुन् । उनी नेपालकी छोरी हुन्, सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन प्रहरीलाई कडा निर्देशन जारी गरेको छ ।’

केही समययता बलात्कार र हत्याका घटनामा वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘कञ्चनपुरमा त्यत्रो घटना भएको छ । फेरि त्यही ठाउँमा अरू यस्ता घटना दोहोरिइरहेका छन् । यो गम्भीर विषय हो ।’ यसैबीच, डिआइजी धिरु बस्न्यात नेतृत्वको छानबिन समितिले निलम्बित प्रहरी अधिकारीको बयान लिएको छ ।

समितिले काठमाडौंमै निलम्बित एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रमासिंह धामीको बयान लिएको स्रोतले जानकारी दिएको छ । उनीहरूलाई समितिले घटनामा उठेका प्रश्नको निराकरणका लागि के–कस्तो कारबाही तथा अनुसन्धान गर्नुभयो ?

भनी प्रश्न गरेको बताइएको छ । त्यस्तै, समितिले अनुसन्धानमा संलग्न अन्य प्रहरी अधिकृतलाई समेत बयानका लागि काठमाडौं झिकाएको छ । समितिले अनुसन्धानको लागि १६ जना प्रहरीलाई काठमाडौं बोलाउन पत्र काटेको जानकारी स्रोतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
नेपाली दूतावास कतारद्वारा राष्ट्रिय संविधान दिवस भब्य रुपमा मनाईयो

ध्रुब क्षेत्री –कतार , नेपाली दुताबाश कतारले ,हलिडेइन होटेल को अल-मसा बल-हलमा एक भब्या कार्यक्रमको

पुनर्निर्माण सक्न ६ खर्ब लाग्नेपुनर्निर्माण सक्न ६ खर्ब लाग्ने

काठमाडौं । ०७२ को विनासकारी भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापना गर्न थप

दोषीलाई छाड्दिन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका हत्यारालाई

प्रधानमन्त्री ओलीको कार्यकर्तालाई कडा निर्देशन,

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले पार्टी एकता र सरकारका कामको प्रतिरक्षामा पार्टी नेता कार्यकर्तालाई अरिंगालको

सिआइवीका डिएसपीसहित पाँच प्रहरी निलम्वित निर्मला हत्या प्रकरण

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले केन्द्रीय अनुसन्धान