दुई देशबीचको सहमति कार्यान्वयन गराउन अध्यक्ष ‘प्रचण्ड’ चीन प्रस्थान

काठमाडौँ, ३० भदौ (रासस) : चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गरेका छन् ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताएका छन् ।

यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने अध्यक्ष दाहालले जानकारी दिए ।

फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने बताए ।

अध्यक्ष दाहालले भने, “म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पु¥याइन्छ । दशैँअगावै एकताका सबै विषयलाई निष्कर्षमा पु¥याइन्छ । कुनै दुविधा रहँदैन ।” चीन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

केही दिन पहिले भारत भ्रमणमा गएका अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी नेपाल–भारत सम्बन्धमा विविध पाटाका बारेमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
दुई सय रुपैयाँको दही चोरीमा ७० हजारको डिएनए जाँच

एजेन्सी – ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चोर पत्ता लगाउन ७०

तपाई अघिल्लो जन्ममा कस्तो र के हुनुहुन्थ्यो ? जान्नुहोस्

काठमाडौं । दुर्इचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ । तपाईको राशिले तपाईको

अख्तियारले डामेपछि शक्ति केन्द्र धाउन थाले विक्रम पाण्डे, के सजिलै छाड्ला त अख्तियारले ?

काठमाडौं । के-के नै गरौंला भनेर २०७४ साउनमा सिंगो राप्रपालाई फुटाएर एक समुह बाहिरियो ।

एकै व्यक्तिले धेरैसँग शारीरिक सम्पर्क राख्दा के हुन्छ ?

काठमाडौं । पछिल्लो समय यौनजीवनका बारेमा थुप्रै अध्ययन र अनुसन्धान भएका छन् । भर्खरै मात्र

कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

काठमाडौँ – कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । यो समाचार आजको नयाँ पत्रिका