वडा सदस्यद्वारा जीवनभर राज्यको सुविधा त्याग

बागलुङ, २३ भदौ जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले जीवनभर राज्यको कुनै सुविधा नलिने घोषणा गर्नुभएको छ ।

उहाँले यो वर्ष वडाबाट पाएको तलब, भत्ता पनि सामाजिक काममा खर्चनुभयो । “मैले राज्यको पैसाबाट पानी पनि खान्न” उहाँले भन्नुभयो, “जस्तोसुकै अवस्था आए पनि सुविधा लिन्न ।”

रसाइलीले आफूले पाएको तलब रु ८४ हजार ५४ बाट शुक्रबार जैदीकै संस्कृत माविलाई विज्ञान विषयका प्रयोगात्मक सामग्री प्रदान गर्नुभयो । उहाँले गत जेठमा वडाबाट पाएको रु १६ हजार भत्ताबाट गाउँकै जनता बाल सारक्षता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।

“बाँकी चार वर्षसम्मको कार्यकालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्छु”, उहाँले भन्नुभयो । जनप्रतिनिधि नहँुदा पनि राजनीतिलाई सेवाको रुपमा अघि बढाउने उहाँको सङ्कल्प छ ।
जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले वडासदस्य रसाइलीले उदाहरणीय कार्य गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
नेपाली दूतावास कतारद्वारा राष्ट्रिय संविधान दिवस भब्य रुपमा मनाईयो

ध्रुब क्षेत्री –कतार , नेपाली दुताबाश कतारले ,हलिडेइन होटेल को अल-मसा बल-हलमा एक भब्या कार्यक्रमको

पुनर्निर्माण सक्न ६ खर्ब लाग्नेपुनर्निर्माण सक्न ६ खर्ब लाग्ने

काठमाडौं । ०७२ को विनासकारी भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापना गर्न थप

दोषीलाई छाड्दिन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका हत्यारालाई

प्रधानमन्त्री ओलीको कार्यकर्तालाई कडा निर्देशन,

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले पार्टी एकता र सरकारका कामको प्रतिरक्षामा पार्टी नेता कार्यकर्तालाई अरिंगालको

सिआइवीका डिएसपीसहित पाँच प्रहरी निलम्वित निर्मला हत्या प्रकरण

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले केन्द्रीय अनुसन्धान