गगन थापा जस्ताहरुको गनगनले देश बिग्रेको हो’

‘म’ कुनै समय गगन थापालाई युवा पुस्ताको र यो देशको मुहार फेर्न सक्ने नेताको रुपमा लिने गर्दथे । म राजनैतिक हिरोको रुपमा पछिल्लो पुस्ताको लागि उनैलाई चुन्थे ।

थापाको बोल्ने शैली, आन्दोलनमा मोर्चाको समाल्ने शैली देखि लगेर सबै जस्तो मन पर्थ्यो । कुनै बेला थापाको भाषण सुन्नकै लागि टाढा, टाढासम्म पुगेको छु । त्यो बेला थापाको भाषण सुन्दा मैले निर्णय गरेको थिए । गगन थापा जस्ता युवानेताहरुलाई अगाडि बढाउनुपर्छ । अनि कार्याकारी राष्ट्रपतिको निर्वाचन भएमा मेरो भोट गगनलाई दिन्छु ।

मलाई लाग्थ्यो वामपन्थी सरकार बने सङ्गै गगनको थापाको संसदमा म प्रमुख प्रतिपक्षीको रुपमा सरकारलाई नयाँ योजनाहरु हेर्न पाइन्छ । अनि अमेरिकामा जस्तै कहिले रिपब्लिकन त कहिले डेमोक्रेटिक सत्तामा आए झै अर्कोपटक काङ्ग्रेसलाई सत्तामा देख्न सकिन्छ ।

तर आज आएर त्यहि गगनको गनगन मलाई मनपर्न छोडेको छ । वास्तवमा गगन थापासँग जनताको ठूलो अपेक्षा थियो । उनी राजनैतिक कुसल ड्राइभर बनेर देशलाई निकास दिन्छ कि भन्ने लागेको थ्यो तर, अहिलेको परिस्थिति हेर्दा ऊनि त झन् न ड्राईभर बन्न सके, न खलासी नै ।

               शान्तिराज राई ‘वाम्बुले’

जे भए पनि ड्राईभर खलासीसँग गाडीको सम्बन्ध त छ । तर, गगन मर्न लागेका बुढाहरुले चलाएको कवाडी गाडीको असहाय यात्रीजस्ता मात्र देखिन्छन् । आँट गर्ने युवाले नै हो। अब थापाले ड्राइभर नसके खलासी नै भएर सही, गाडी हाँक्नलाई प्रेरित गर्न सक्छन् । तर आज आएर कुखुरा चोर देखि लगेर विभिन्न खराब कामगर्नेहरुको बचाउमा लागेको देख्दा गगन माथिको भरोसा उडेको छ ।

थापाले भर्खरै मात्रै घोषणा गरे ५० हजार युवाहरू काङ्ग्रेस पार्टीमा ल्याउँछु । मलाई लाग्दछ गगनले जत्ती मज्जाले भाषण गरे त्यो काम गर्न त्यत्तिकै कठिन छ । गगनको खोक्रो आदर्श पनि युवापुस्ताहरुले नसुनेको होइन । गगनले म कुनै न कुनै निकायमा पुगे भने केही गरेरै छाड्नेछु भन्ने प्रतिबद्धता गरेकै हो, अहिलेसम्म गगनले के नै गरे र ?

थापाको त्यो खोक्रो आदर्शले अब युवाहरू काङ्ग्रेस र गगन थापाप्रति आकर्षण हुन्छन् मलाई लग्दैन । गगनको त्यो बोलिहरु आत्मामा कैद गरेर राख्नु परिराखेको छ ।

लोकतन्त्रको सुन्दर पक्ष भनेकै असल कामको तारिफ गर्दै खराब पक्षको विरोध र सुधार गर्दै जानू हो । यो होइन कि कुनै फटाहा र खराब पक्षको रक्षा गर्नु होइन । झन सरकारको स्पीड र नयाँ सिर्जनात्मक कामको लागि प्रतिपक्षी दलको महत्त्व ठूलो रहने गर्दछ । तर अहिले आएर गगन जस्ताहरुको गनगनले देशलाई समृद्ध तिर हैन अधोगति तर्फ लान प्रेरित गरिरहेका छन् ।

त्यसैले गगन ज्यु गनगन छाडेर सकारात्मक कदममा सरकारलाई सहयोग गर्दै खराब कुराको जनतामा लिएर जानुहोला । अर्कोपटक तपाईंको सकारात्मक कदमले काङ्ग्रेस र नेपाली जनता सबैको हित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
नेपाली दूतावास कतारद्वारा राष्ट्रिय संविधान दिवस भब्य रुपमा मनाईयो

ध्रुब क्षेत्री –कतार , नेपाली दुताबाश कतारले ,हलिडेइन होटेल को अल-मसा बल-हलमा एक भब्या कार्यक्रमको

पुनर्निर्माण सक्न ६ खर्ब लाग्नेपुनर्निर्माण सक्न ६ खर्ब लाग्ने

काठमाडौं । ०७२ को विनासकारी भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापना गर्न थप

दोषीलाई छाड्दिन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका हत्यारालाई

प्रधानमन्त्री ओलीको कार्यकर्तालाई कडा निर्देशन,

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले पार्टी एकता र सरकारका कामको प्रतिरक्षामा पार्टी नेता कार्यकर्तालाई अरिंगालको

सिआइवीका डिएसपीसहित पाँच प्रहरी निलम्वित निर्मला हत्या प्रकरण

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले केन्द्रीय अनुसन्धान