भोलि  शनिबार यी राशिलाई असाध्यै राम्रो  दिन


मेष राशिः 
मेष राशि हुनेहरुको लागि भोलि दिन अल्लि अलमले दिन रहनेछ । भरविश्वास गरिएको आफन्तबाटै धोखा हुनसक्ने सम्भावना देखिएकोले कसैबाट कुनै अपेक्षा नगर्दा नै सुख होला । वाक्दोषको योग समेत परेकोले आफ्नै वोलीवचनले दुख पाइनसक्छ, वाणीव्यवहारमा ख्याल गर्नुहोला । अल्लि राजसिक एवम् तामसिक आहारमा मन जानपनि सक्ने तथा धनोन्माद् बढ्ने र सञ्चित धनको अपव्यय गराउने कुरालाई पनि गोचरले संकेत गरेको छ । उत्तेजनात्मक स्वभावलाई संयम गर्नुपर्ला अन्यथा न्याउरीमारी पछुतो पर्नसक्ने छ । भोलि यहाँलाई दुई अङ्क, सेतो तथा रातो रङ्गको उपयोग र गणेश भगवानको श्रद्धाभक्ति शुभकर हुनेछ ।

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि भोलिको दिन सुधारोन्मुख छ । नया“ कार्यदिशा अवलम्बन गर्नसकिने तथा नयाँ कामको प्राप्ति हुनसक्ने छ । व्यक्तित्त्वको प्रभावबढ्ने तथा ईज्जत र मानप्रतिष्ठा बृद्धि हुनेछ । अनुकूल एवम् सहज दिन परेकोले आज यहाँको दिनचर्यामा मनोरञ्जन एवम् सुखशान्तिको पत्याभूति हुनेछ । मनोवाञ्छित भोजन र स्वागत सत्कार प्राप्ति हुनसक्ने छ । व्यवसायिक लाभ मिल्नेछ । इष्टमित्रको आगमन हुने र सौगात आदि मिल्नसक्ने हुनाले पारिवारिक वातावरण पनि सौहार्दता पूर्ण बन्नेछ । भोलि यहाँलाई एक अंक, रातो रङ्गको सदुपयोग शुभकर हुनेछ भने भगवान गजानन्को दर्शनभक्ति गर्नु फापकर हुनेछ ।

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि भोलिको दिन घरायसी आवश्यकताहरु थपिने र व्ययको मात्रा बढ्नसक्ने छ । कामकार्यमा पनि प्रत्यक्षाप्रत्यक्ष रुपमा बाधा विघ्नता आउने, समर्थन जुटाउन अल्लि गार्हो पर्नेछ । बरु खासै योजना भित्र नपरेको तथा नसोँचिएको काम बनेर राहत मिल्नेछ र केही उपलब्धि पनि हुनेछ । चोटपटक तथा दुःखविमारको सम्भावना छ, यात्रा एवं चलखेलमा र खानपानमा ख्याल पुर्याउन जरुरी छ । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आ“च आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र गुरुगणपतिको भक्ति भोलि तपाईँको लागि विशेष फाइदाकर हुनेछ ।

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि भोलिको दिन कार्यक्षेत्रबाट राम्रो आर्थिक लाभ गर्न सकिने गोचर परेको छ । प्रतिस्पर्धामा विजय मिल्ने तथा प्रख्याति बढ्ने छ । अध्यनअध्यापन एवं लेखनजन्य कार्यमा पनि प्रगति हुने छ भने गृहस्थीहरुलाई सन्तानको पक्षबाट सन्तोषपूर्ण भूमिका निर्वाह हुनेछ । दिनको सदुपयोग गरी अधुरा रहेका कामहरुलाई पूरा गर्न आफ्नो कामलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । भोलि यहाँलाई दुई अंक, सेतो रङ्गको उपयोग फापकर हुनेछ भने भगवान सिद्धिविनायक गणेशको उपाशना आराधना गर्नु हुभप्रद हुनेछ ।

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि भोलि दिन गोचर अनुकूल एवं उपलब्धिमूलक रहनेछ । व्यवसायिक कर्मक्षेत्रमा राम्रो उन्नती हुनसक्ने देखिन्छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्ने र नमात्तिने गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नक्नु बुद्धिमानी हुनेछ । भोलि तपाईँलाई एक अङ्क, रातो रङ्गको उपयोग र मान्यजनको आर्शिवाद लिनु तथा भगवान गुरुगणपतिको स्तुति उपाशना गर्नु शुभदायक हुनेछ ।

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि भोलिको दिन अवमूल्यनको बाबजुतपनि केही उपलब्धि हासिल हुनेछ । माथिल्लो तहबाट अपजश एवम् दबाब आउनसक्ने सम्भावनालाई ग्रहले लक्षित गरिरहेको छ । कामकुरामा आज यहाँले अल्लि सावधानी अप्नाउन जरुरी हुनेछ । केही औपचारिक कार्यमा अल्लि व्यस्त हुनपर्ने छ । कर्मक्षेत्रमा साविकभन्दा अल्लि बढी परिश्रम गर्नुपरे पनि केही सन्देहबाबजुत पनि धार्मिक–आध्यात्मिक चिन्तन बढ्ने र धर्मकर्म सम्पादन हुनगई सदाचारले जय प्राप्त हुनेछ । ज्ञानी तथा धार्मिकजनप्रति लागेको सन्देह हट्ने तथा मार्गबोध हुनेछ । अवमूल्यनबाबजुत पनि नतिजा संतोषप्रद हातपार्न सकिनेछ । नआत्तिने र नमात्तिने गर्नु बुद्धिमानी हुनेछ ।

तुला राशिः

तुला राशिहुने हरुको लागि भोलिको दिन अनपेक्षित रुपमा दिन संघर्षकर अनुभूति हुनसक्ने छ । विघ्नबाधाको सामना गर्नुपर्ने स्थिति सृजना हुने, कडा मेहनतलेमात्रै अल्पलाभ मिल्नसक्ने छ । विमारी पर्नसकिने सम्भावनालाई पनि नकार्न सकिन्न । प्रतिकूल परिवेशसँग मुकाविला गर्न हिम्मत तथा मानसिक योजना बनाइराख्नु उपयुक्त हुनेछ । साथै संयमशक्तिको बृद्धि गर्नु मनासिव हुने छ । विघ्नबाधा तथा वेचैनीेको सामना गर्नु परेपनि धैयता नटुटाउने र स्वकर्ममा एकाग्र रहने गर्नाले सम्भावित क्षतिखति एवं प्रतिकूलतामा कमि ल्याउन सकिने छ भने आंशिक लाभ एवं सफलता प्राप्त गर्न सकिने छ । भोलि यहाँलाई आठ अङ्क, रातो रङ्गको प्रयोग र गुरुगणपतिको भक्तिभावले शुभ हुनेछ ।

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन जीवन साथी वा प्रेमिको गुनासाको सामना गर्नपर्नेछ । तथापि आमोद–प्रमोद तथा विलासवृतिप्रद दिनचर्या व्यतित हुनेछ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु पर्ला । व्यवसाय तर्फ सामान्यभए पनि उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । भोलि यहाँको लागि सात अंक, सेतो रङ्गको प्रयोग फापकर हुनेछ भने साढेसाती शनिको दुष्प्रभाव भोगिरहनु भएको यहाँले भगवान हनुमानदेवको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

धनु राशिः

धनु राशि हुनेहरुको लागि भोलिको दिन गोचर ग्रह अनुकूल देखिएको छ । शरीरमा आरोग्यता, मनमा उमङ्ग तथा कार्यमा उत्साह बढ्नेछ । व्यापार तथा व्यवसायले उल्लेखनीय महत्त्व पाउन जाने र धनऐश्वर्य बृद्धि हुने देखिन्छ । केही महत्त्वपूर्ण एवं प्रशंसनीय कार्य सम्पादन हुनेछ । प्रतिस्पर्धामा विजय प्राप्ति हुनेछ ।कामकार्यमा देखिएका बाधाब्याबधान हट्ने तथा विरोधी पाखा लाग्ने छन् भने प्रतिरोधिहरु सम्झौतामा आउने छन् । विशेष स्थानको यात्रा हुनसक्ने छ । इष्टमित्रबाट उपयुक्त सहयोग मिल्ने छभने प्रेमसंबन्धमा प्रगाढता आउने छ । भोलि तपाईँको लागि छ अङ्क, हरियो रङ्गको पदार्थको प्रयोग र गुरुगणपति एवं भगवान हनुमानको सेवा आराधना शुभकर हुनेछ ।

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि भोलिको दिन मध्यम रहेको छ । आत्मरतीको चाहना तथा बोलेर बाढो हुनखोज्ने मनोविज्ञान बढ्नाले अर्काबाट हुने मुल्याङ्कनमा तपाईँको कमजोरी फेला पर्नसक्ने छ । अर्काको निदिखोजीमा समय व्यतित हुने र आफ्नो महत्त्वपूर्ण कार्य अधुरो रहनसक्ने कुरालाई पनि ग्रहले देखाइरहेको छ । समयको सदुपयोग गर्न खोजेमा अध्ययनको पक्षमा भने फाइदा लिन सकिनेछ । ध्यानपूर्वक स्वकर्मक्षेत्रमा समय दिनाले दैनिकी कार्यबाट सामान्य लाभ गर्नसकिने छ । पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि शुभ हुनेछ भने भगवान श्री गणेशको भक्ति बढाउनु उपयुक्त हुनेछ ।

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि भोलिको दिन समसामयिक जनव्यवहारका कार्यमा अड्चनको सामना गर्नपर्ने छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्नसक्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयमता अप्नाउनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिने छ र सफलता पनि मिलनसक्ने छ । आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद लिनु भोलि तपाईँको लागि शुभदायक हुनेछ ।

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि भोलिको दिन पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन हुने दिन रहेको छ । प्रतिष्प्रधाजन्य कार्यमा सफलता मिल्ने छ । दैनिक कामकार्यको पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा विशेष रुचि बढ्ने छ । महत्त्वपूर्ण कार्ययोजना अगाडि बढाउनसकिने छ । आफन्तीसँग भेटघाट हुने र केहीहद्सम्म सहयोग पनि पाइने छ । व्यवसायिक क्षेत्रबाट लाभ पनि गर्नसकिने छ । मुख्य एवम् महत्त्वपूर्ण काममा साथसहयोग पनि प्राप्त गर्नसकिने छ । भोलि तपाईले तेस्रो सँख्या, हरियो रङ्गको प्रयोगको साथमा गुरु गाणपितको आराधना गर्नु शुभदायक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
दुई सय रुपैयाँको दही चोरीमा ७० हजारको डिएनए जाँच

एजेन्सी – ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चोर पत्ता लगाउन ७०

तपाई अघिल्लो जन्ममा कस्तो र के हुनुहुन्थ्यो ? जान्नुहोस्

काठमाडौं । दुर्इचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ । तपाईको राशिले तपाईको

अख्तियारले डामेपछि शक्ति केन्द्र धाउन थाले विक्रम पाण्डे, के सजिलै छाड्ला त अख्तियारले ?

काठमाडौं । के-के नै गरौंला भनेर २०७४ साउनमा सिंगो राप्रपालाई फुटाएर एक समुह बाहिरियो ।

एकै व्यक्तिले धेरैसँग शारीरिक सम्पर्क राख्दा के हुन्छ ?

काठमाडौं । पछिल्लो समय यौनजीवनका बारेमा थुप्रै अध्ययन र अनुसन्धान भएका छन् । भर्खरै मात्र

कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

काठमाडौँ – कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । यो समाचार आजको नयाँ पत्रिका