एउटै खुकुरीको मूल्य एक लाख रुपैयाँ, बनाउन आठ दिन !

बागलुङ, २ मंसिर – हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ ।

स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताए । अठतीस वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेशा अपनाउँदै आएका हुन् । उनले महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार भाँडाकुडा बिक्रीमा राखे ।

विगत सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आएका विकले भने, ‘मेला तथा महोत्सव हुँदा ‘स्टल’ राख्छु । एउटा महोत्सवमा जाँदा करिव रू एक लाखसम्म कमाइ हुन्छ ।’ छिमेकी जिल्ला गुल्मी, पाल्पा लगायत स्थानमा हुने मेला, महोत्सवमा पनि उनी स्टल लिन्छन् ।

आगन्तुकलाई लोभ्याउने गरी बनाएको खुकुरी किन्ने भन्दा पनि हेर्ने बढी हुन्छन् । सोख र पैसा भएकाले सजावाटका लागि ठूलो खुकुरी किन्ने गर्छन् । ‘ठूलो र महङ्गो खुकुरीको विशेष माग हुँदा मात्र बनाएर बेच्छौं’ कालिगड विकले भने, ‘महोत्सवमा आउने दर्शकले अनौंठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन् । ’

फलामलाई आरानमा गालेर र घनले पिटेर खुकुरीको रुप दिन कडा मेहनत लागेको उनको भनाइ थियो । विकलाई व्यवसायमा उनकी श्रीमती सरिताले पनि साथ दिँदै आएकी छन् । मेला–महोत्सवमा आफ्नो उत्पादन लिएर जाँदा विक दम्पतिसँगै जान्छन् । विकको व्यवसायमा अन्य छ कालिगडले रोजगारी पाएका छन् ।

सबै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुने गरेको विक बताउँछन् । ‘आरन हाम्रो पुख्र्यौली पेशा हो’, विकले भने, ‘अहिले आरनलाई सुधारेर व्यावसायिक बनाएको छु ।’ विकका बुबा पदमबहादुर पनि अझै गाउँमा आरनकै काम गर्छन् । उनीहरुको पुख्र्यौली थलो ढोरपाटन नगरपालिका–६ अधिकारीचौर हो ।

‘बुबासँग काम गर्दै यो पेशा सिकें’ विकले भने, ‘व्यावसायिक रुपमा गर्नुपर्छ भनेर म बजार झरेँ ।’ आरन व्यवसायबाटै जोडेको धनले विकले ढोरपाटन नगरपालिका–२ बुर्तिवाङमा घर बनाएका छन् । उनका दुई छोरा र दुई छोरी पढाइमा छन् । आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अगालेर विक सफल भएका हुन् ।

बडिगाड गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको ‘बडिगाड महोत्सव तथा पौँदी न्वागी मेला’मा घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सव यही मङ्सिर ९ गतेसम्म चल्नेछ । महोत्सवमा विविध खेलकूद तथा सांस्कृतिक कार्यक्रम राखिएको महोत्सव आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेले बताए । उक्त महोत्सव शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
दुई सय रुपैयाँको दही चोरीमा ७० हजारको डिएनए जाँच

एजेन्सी – ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चोर पत्ता लगाउन ७०

तपाई अघिल्लो जन्ममा कस्तो र के हुनुहुन्थ्यो ? जान्नुहोस्

काठमाडौं । दुर्इचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ । तपाईको राशिले तपाईको

अख्तियारले डामेपछि शक्ति केन्द्र धाउन थाले विक्रम पाण्डे, के सजिलै छाड्ला त अख्तियारले ?

काठमाडौं । के-के नै गरौंला भनेर २०७४ साउनमा सिंगो राप्रपालाई फुटाएर एक समुह बाहिरियो ।

एकै व्यक्तिले धेरैसँग शारीरिक सम्पर्क राख्दा के हुन्छ ?

काठमाडौं । पछिल्लो समय यौनजीवनका बारेमा थुप्रै अध्ययन र अनुसन्धान भएका छन् । भर्खरै मात्र

कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

काठमाडौँ – कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । यो समाचार आजको नयाँ पत्रिका