रुनीको बिदाई खेलमा इंग्ल्याण्डको जित, हार्‍यो अमेरिका

कात्तिक ३०, काठमाडौ /इंग्ल्याण्डका पूर्व कप्तान तथा कीर्तिमानी गोलकर्ता वायने रुनीको बिदाई खेलमा इंग्ल्याण्डले अमेरिकालाई ३–० गोलले पराजित गरेको छ ।

लण्डनको वेम्वली रंगशालामा भएको खेल रुनीको बिदाईकै लागि आयोजना गरिएको थियो । गएको वर्ष सन्यासको घोषणा गरेका उनलाई १२०औं क्यापसहित गार्ड अफ अनर दिएर राष्ट्रिय टोलीमा गरेको योगदानको सम्मान गरिएको थियो ।

करिअरको अन्तिम खेलमा ३३ वर्षीय रुनीले ३३ मिनेट मैदानमा बिताए । ५८औं मिनेटमा जेसे लिंगार्डलाई प्रतिस्थापन गर्दै रुनी मैदान छिरेका थिए ।

खेलको २५औं मिनेटमा लिंगार्डले नै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै अलेम्जान्दर आर्नोल्डले अग्रता दोब्बर बनाए । ७७औं मिनेटमा कालोम विल्सनले इंग्ल्याण्डलाई ३–० को जित निश्चित गराए ।

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
दुई सय रुपैयाँको दही चोरीमा ७० हजारको डिएनए जाँच

एजेन्सी – ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चोर पत्ता लगाउन ७०

तपाई अघिल्लो जन्ममा कस्तो र के हुनुहुन्थ्यो ? जान्नुहोस्

काठमाडौं । दुर्इचार अक्षरले बनेको राशिमा मानिसको कयौँ राज लुकेको हुन्छ । तपाईको राशिले तपाईको

अख्तियारले डामेपछि शक्ति केन्द्र धाउन थाले विक्रम पाण्डे, के सजिलै छाड्ला त अख्तियारले ?

काठमाडौं । के-के नै गरौंला भनेर २०७४ साउनमा सिंगो राप्रपालाई फुटाएर एक समुह बाहिरियो ।

एकै व्यक्तिले धेरैसँग शारीरिक सम्पर्क राख्दा के हुन्छ ?

काठमाडौं । पछिल्लो समय यौनजीवनका बारेमा थुप्रै अध्ययन र अनुसन्धान भएका छन् । भर्खरै मात्र

कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

काठमाडौँ – कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । यो समाचार आजको नयाँ पत्रिका